सुर्खेत : मेहलकुना अस्पतालको भवन निर्माण कार्य ६ वर्षदेखि अलपत्र

गुर्भाकाेट नगरपालिका स्थित ५० शैय्या क्षमताकाे मेहलकुना अस्पतालको भवन अलपत्र परेको छ वर्ष भएकाे  छ।

५० बेड क्षमतामा स्तरोन्नतिसहित निर्माणधीन मेहलकुना अस्पतालको भवन अलपत्र पार्ने  एन.के. लाेहनी के. एस. के जेवी  निर्माण कम्पनीले ठेक्का लिएको ६ वर्षअघि नै  बनिसक्नुपर्ने भवनको  साठी प्रतिशत मात्रै प्रगति भएको अस्पतालले जानकारी दिएकाे छ । No description available.

तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय , सुर्खेत र  एन.के. लाेहनी के. एस. के जेवी  निर्माण कम्पनीबिच आव  २०७३ / ०७४ मा  २८ करोड लागत अनुमान गरिएको भवनकाे  २१  करोड १६  लाखमा ठेक्का सम्झौता गरेको अस्पताल सूचना अधिकारी कमल सुवेदीले बताए ।

आव २०७६ /०७७ मा  भवन निर्माण सक्ने लक्ष्य लिएकाे कम्पनीकाे  अझै बाँकी काम छ । अलपत्र भवनकाे पाँच वटा ब्लक रहेका छन् ।  निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीका कारण मेहलकुना अस्पतालको निर्माणाधीन भवन ढिलासुस्तीको नमुना बनेको छ ।

आगामी आवकाे अषाढ मसान्त सम्म निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ ।

मेहलकुना अस्पताल व्यवस्थापन समितिका सदस्य बृख बहादुर नेपालीले  ठेकेदारले पर्याप्त मात्रामा मजदुर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्दा भवन निर्माणमा ढिलाइ भएको बताए। ’ उनले भने ‘करोडौंको योजनामा झारा टार्ने शैलीमा काम गरेका छन्।’

पटकपटक ताकेता र समन्वय गर्दा समेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन अलपत्र परेको  सदस्य नेपालीले बताए ।  भवन निर्माणमा भएको ढिलाइले सेवा प्रवाहमा असर परेको छ। ५० शैय्या क्षमता भए पनि २२  शैय्याको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको सदस्य नेपालीले बताए। No description available.

लामो समयदेखि निर्माण हुन नसकेको मेहलकुना अस्पतालको भवनकाे  आव  २०७९/०८० सम्म  निर्माण कार्य सम्पन्न नभएमा  ठेक्का सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढेकोे सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ , सुर्खेतका कार्यालय प्रमुख अमर बहादुर  थापाले बताए । No description available.

अहिले अलपत्र भवनकाे काम तिव्र गतिले अघि बढ्काे छ। यदि ताेकेकाे काम पुरा नभए   निर्माण कम्पनीलाई कालोसुचीमा राख्ने, धरौटी जफत गरी छ वर्ष सम्म  अलपत्र पारेबापतको क्षतिपूर्ति समेत ठेकेदार कम्पनीबाट भराउने गरि कारबाही प्रक्रिया अघि बढेको प्रमुख थापाले  बताए।  मध्यान्ह दैनिक