आज ३०२औँ पृथ्वी जयन्ती मनाउँन राजावादी दुई पार्टिकाे छुटाछुट्टै चियापान कार्यक्रम

 ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा र राप्रपा नेपालले छुटाछुट्टै  चियापान कार्यक्रमको आयोजना गरेका छन्।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले अपरान्ह्र १ बजेदेखी भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

उता कमल थापा नेतृत्वको राप्रपा नेपालले सोही समयमा सिंहदरबार पश्चिमगेटस्थित स्काइ दरबार बैंक्वेटमा चियापान कार्यक्रमको आयोजना गरेको छ।

पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन थियो ।

०६२/६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो ।

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मदिनमा राष्ट्रिय एकता दिवसका रूपमा मनाइने प्रचलन हटेयता विरोध हुँदै आएको थियो ।

दाहालकै दबाबमा पृथ्वी जयन्ती सरकारी तहबाट मनाउन छाडिएकामा उनी प्रधानमन्त्री भएकै पालामा पुनः सार्वजनिक बिदा दिने निर्णय भएको हो ।