चिसोअत्यधिक बढेपछि नेपालगन्जका विद्यालय पुनः बन्द

बाँके :   नेपालगन्ज उपमहानगरपालिकाले  लामो शीतलहरका कारण चिसो अत्यधिक बढेपछि नेपालगन्जका विद्यालयहरूमा पुनः जाडो बिदा दिइएको छ ।

शीतलहरले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि नगर प्रमुखको आदेशनुसार पालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयहरू  १५–१६ माघसम्म  दुई दिन जाडो बिदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले बताए।

पालिकाले गत माघ ४ देखि ८ गतेसम्म पनि नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका विद्यालयमा जाडो बिदा दिइएको थियो ।