कर्णाली नदी किनारामा शव फेला

कालिकोट — कर्णाली नदीको किनारमा बेवारिसे अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो नरहरिनाथ गाउँपालिका-१ लालिघाट नजिकै शव देखिएको जानकारी आएपछि प्रहरी चौकी लालुखुलालुमा पुगेपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

खुलालु प्रहरी चौकीका हवलदार डम्मरसिंह नेपालीको कमाण्डमा दुई जनाको टोली खटिएर घटनास्थल सुरक्षित राखिएको छ ।

शव नरहरिनाथ गाउँपालिका-१ लालिघाटको कर्णाली नदी किनारमा फेला परेको हो, जुन प्रहरी चौकी लालुखुलालुबाट करिब तीन किलोमिटर उत्तरतर्फ पर्छ ।

घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए ।