नवराज सुवेदीको १०५ औ म्युजिक भिडियो : तिम्रो रूपले मन खायो सानी

कलाकार तथा निर्देशक नवराज सुवेदीको १०५ औ म्युजिक भिडियो तिम्रो रूपले मन खायो सानी सार्वजनिक भएको छ।

सुर्खेती मौलिकता, मगर समुदायको संस्कृति र झ्याउरे भाकाको मिठास समेटिएको नयाँ लोकगीत “तिम्रो रूपले मन खायो सानी” बोलको म्युजिक भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

कलाकार तथा निर्देशक नवराज सुबेदी को निर्देशनमा तयार भएको उक्त भिडियोमा गायक शिव जिएम टिका पुन को सुमधुर आवाज सुन्न सकिन्छ। गीतको लय चर्चित गायक तथा संगीतकार धनराज चुनारा ले तयार गरेका हुन् भने शब्द विश्व विनोद को रहेको छ।

मगर समुदायको रोधी साँझमा गाइने झ्याउरे शैलीमा आधारित यो गीतले नेपाली मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त ढंगले प्रस्तुत गरेको छ। विशेषगरी सुर्खेती परिवेश, स्थानीय भेषभूषा, रहनसहन र गाउँघरको मौलिक झल्को भिडियोमा आकर्षक रूपमा उतारिएको छ।

भिडियोमा सफल डिके, सम्झना खनाल, समीक्षा पुम मगर तथा निर्देशक स्वयं नवराज सुबेदी को अभिनय देख्न सकिन्छ। कलाकारहरूको जीवन्त प्रस्तुति र सुमधुर संगीतले भिडियोलाई अझ आकर्षक बनाएको दर्शकहरूको प्रतिक्रिया रहेको छ।

भिडियोका कोरियोग्राफर हेमन्त ठाकुरी ले कार्यक्रममा बोल्दै यस प्रोजेक्टमा गरिएको मेहनत, समर्पण र मगर समुदायको मौलिक संस्कृतिलाई आधुनिक प्रस्तुतीकरणमार्फत दर्शकमाझ ल्याउन पाएकोमा खुसी व्यक्त गरेका थिए। दर्शकहरूले गीतलाई मन पराउनेमा आफूहरू विश्वस्त रहेको उनले बताए।

सम्पूर्ण टिमको संयुक्त प्रयासमा तयार भएको यो म्युजिक भिडियोले नेपाली लोक संगीत क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। साथै, दर्शकहरूको माया, साथ र सकारात्मक प्रतिक्रियाले गीतलाई थप सफल बनाउने निर्माण टिमको विश्वास रहेको छ।