शुक्रबार सुर्खेतमा एक गर्भवती महिलाको मृत्यु भएको छ । स्वास्थ्य चाैकी लाटीकाेइली वीरेन्द्रनगर -९ बाट प्रदेश अस्पताल सुर्खेतमा लैजाने क्रममा मृत्यु भएको हो ।
वीरेन्द्र नगरपालिका– ९ की २७ वर्षीया गर्भवती अस्मिता जैसी स्वास्थ्य चाैकीमा पुस ८ गते राती बच्चा जन्माउन आएकी थिइन् । उनको बच्चाकाे हेड देखेपछि स्वास्थ्य चाैकी कार्यालयले आधा घण्टा राखेर प्रदेश अस्पताल सुर्खेतमा रिफर गरेको स्वास्थ्य चाैकी प्रमुख नरेश्वरी शाहीले बताइन ।
‘स्वास्थ्यकर्मिकाे चरम लापरबाहीले गर्भवति महिलाकाे मृत्यु भएकाे छ।उपचारकाे क्रममा हातबाट सलाइन क्यानल किन निकालेकाे हाे ? ,’ एक स्थानीयले भने ।
त्यस्तै प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले गर्भवति महिलाकाे पाठेघर फुटेर मृत्यु भएकाे बुझिएकाे बताए ।
कार्यविधि संवाददाता । १० पुष २०७८, शनिबार २२:०६ बजे