वीरेन्द्रनगरकाे फरक–फरक स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ

सुर्खेत  वीरेन्द्रनगरकाे फरक–फरक स्थानबाट  लागूऔषधसहित  पाँच जना प्रहरीले   पक्राउ गरेकाे छ  ।  सुर्खेत जिल्ला  प्रहरीले बुधबार   वीरेन्द्रनगर नगरपालिका- ११  र ९ बाट उनीहरूलाई पक्राउ गरेको हाे   ।

विशेष सूचनाको आधारमा प्रहरीले  पिपिरा चोकमा रहेको एक फेन्सी पसल र  शान्तिटोल बाट लागूऔषध कारोबार भइरहेको छ भन्ने  आधारमा उनीहरूलाई पक्राउ गरेको छ  ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ११ का पसल सञ्चालक ४६ वर्षीय लिलाराम पुरी, २४ वर्षीय महेश सुनार र २२ वर्षीय गौरब सुनार र साेही  नगरपालिका  ९ शान्तिटोलबाट   २५ वर्षीय अजयसिंह चौधरी र २५ वर्षकै राजु गाईनलाई  प्रहरीले पक्राउ गरेकाे  छ ।

प्रहरीले पसलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लास्टिक सहित ३००  मिलिग्राम, शुद्ध  २००  मिलिग्राम र शान्ति टाेलबाट ३७० मिलिग्राम र प्लाष्टिक बाहेक शुद्ध १६० मिलिग्राम  फेला पारेको प्रहरीले जनाएको छ ।

पाँचै जनालाई नियन्त्रणमा लिएर थप  आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।