उत्तरपुस्तिकामा परीक्षकलाई प्रभावित पार्ने ५ जना परीक्षार्थीको परीक्षा प्रदेश लोक सेवा आयोग सुर्खेतले रद्द गरेको छ।
विज्ञापन नम्बर ५८४/५८८-०७८/७९ स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायकस्तर चौथो तहको अहेव पदका लागि गत साउन ७ गते परिक्षा लिएकाे विषयगत पत्रकाे उत्तरपुस्तिकाकाे भित्री पृष्ठमा परिक्षक समक्ष आफुलाई चिनाउने असान्दर्भिक विषय उल्लेख गरी परीक्षा दिएका पाँचै जनाकाे परीक्षा रद्द गरिएको आयाेगले जनाएकाे छ ।
प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ६४ (१) ख तथा प्रदेश लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७८ को दफा ३६ (२) बमोजिम उनको लिखित परीक्षा रद्द भएको हो।
परिक्षा रद्द बारे आयाेग :
कार्यविधि संवाददाता । १७ मंसिर २०७९, शनिबार २०:४२ बजे