आगामी असोज ३ गते देशब्यापी राप्रपा नेपालले प्रदर्शन गर्ने निर्णय गरेको छ।
आज 〈 साेमबार 〉 पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुस प्रर्दशन गर्ने निर्णय गरेको छ।
आज बसेको बैठकमा गत भाद्र २९ गते भएको विरोध प्रदर्शनको समीक्षा र भावी कार्यक्रमको बारेमा छलफल भएको थियो।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाले मुलुकलाई सड्ढटको दलदलमा फसाएकोले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट ब्यबस्था परिवर्तनमा जोड दिए।
प्रदर्शनलाई ब्यापकता दिई सफल बनाउन पार्टीले पार्टीको जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजय व्यहोरेर पार्टीबाट बाहिरिएका कमल थापा फेरि राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा देखिएका छन् । उनले पार्टीको महाधिवेशनमा राजाले हस्तक्षेप गरेको आरोप लगाएका थिए ।
कार्यविधि संवाददाता । १ आश्विन २०८०, सोमबार १९:५३ बजे