मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद रिक्त भएको जनाएको हो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टिबाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको निर्वाचन आयोगले जनाएको हो ।
हाल उनी आम जनता पार्टीमा आबद्ध छिन् ।
कार्यविधि संवाददाता । ३० आश्विन २०८०, मंगलवार १२:५० बजे