वीरेन्द्रनगरकाे टुनिनारा पुल-सम्झाैता अवधि भन्दा पाँच महिना अघि नै सकियाे

प्राय:जसाे हाम्राे मुलुकमा विकास निर्माणकाे काम ताेकिएकाे समय अवधि वा म्याद थप गर्दा पनि नसकिएका थुप्रै उदाहरण छन् । तर सुर्खेत वीरेन्द्रनगर -९र १० स्थित सिमानामा रहेकाे टुनिनारा पुल सम्झाैता भएकाे समय अवधि भन्दा पाँच महिना अघि नै सम्पन्न भएकाे पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएकाे छ ।

पुल निर्माणकाे लागि नान्जिला एण्ड आकांक्षा/एस‌‌. बि. जे. भि कम्पनी र कार्यालयबीच  गत २१ अषाढ २०८० मा सम्झाैता भएकाे थियाे ।

१२ महिनामा निर्माण कार्य  सक्ने गरी १ कराेड ९० लाख २७ हजार ६ सय ९३ रुपैयाँ लागतमा ठेक्का सम्झाैता भएकाे पुल माघ मसान्तमा सकिएकाे निर्देशनालयका नि.प्रमुख रामशरण आचार्यले बताए ।

उनले भने ‚‘अधिकांश निर्माणका कार्य निर्धारित समयभित्र सम्पन्न नभएपछि सूचना नै जारी गरी निर्माण कम्पनीलाई बाेलाउनुपर्ने र कतिपयकाे ठेक्का सम्झाैता नै खारेज गर्नुपर्ने अवस्थामा नान्जिला एण्ड आकांक्षा/एस‌‌. बि. जे. भि कम्पनीले कार्य सम्झाैता भएकाे समय अवधि भन्दा पाँच महिना अघि नै पुलकाे कार्य सम्पन्न गरेकाे छ ।’

पुलकाे निर्माण कार्य करिब ९९ प्रतिशत सकिएकाे छ ।  याे पुल २१ दशमलव ६० लम्बाई र ८ दशमलव ४० चाैडाई सहित एउटा स्पानमा निर्माण भएकाे  छ । पुल निर्माण सम्पन्न भैसक्नुपर्ने अवधि आगामी अषाढ २० मा रहेकाे हाे ।

ठेकदार कम्पनी र काम गर्ने श्रमिकहरु काममा लगनशिल भएकाेले सम्झाैता अवधि भन्दा पहिले नै काम सकिएकाे कार्यालयका प्राविधिक अधिकृत रत्न प्रसाद जैसीले बताए ।

याे ठाउँमा पुल नहुँदा वर्षाकाे समयमा आवतजावत गर्न निकै कठिन थियाे । पुल निर्माण भएपछि आवातजावत गर्न निकै सजिलाे भएकाे स्थानीय बासिन्दाले बताए ।