अविरल वर्षाको कारण काटेर सुकाइएको धानबाली भिजेर क्षति

कर्णाली  ।   दुईदिन  देखि भइरहेको वर्षाका कारण खेतमा काटेर सुकाइएको धानबाली भिजेर क्षति पुगेपछि कर्णाली प्रदेशका  किसान चिन्तित देखिएका  छन् ।

चाडपर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो । दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पु¥याएको सर्खेतकाे  वीरेन्द्र  नगरपालिकाका किसान भक्तराज बुढाले  बताए ।

उनले भने,‘‘ दुईदिन  देखि परेको पानीले खेतमा काटेको धान सबै भिजेर क्षति पुग्दा चिन्ता थपियो ।” कर्णाली प्रदेशका  अधिकांश जिल्लामा चाडपर्वको समयमा पनि खेतमा पाकेर झुलिसकेको धान बाली भित्र्याउनमा केही दिन देखि किसान व्यस्त थिए ।

खेतमा पानी जमेपछि काटेर सुकाइएको पूरै धान भिजेर क्षति पुगेको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सुचना अधिकारी रामभक्त अधिकारीले बताए ।  ।‘‘यसपाली विगतको भन्दा पाँच देखि सात प्रतिशत धान उत्पादन वृद्धि हुने अनुमान थियो,’’उनले भने, ‘‘आइतबार दिउँसोसम्म किसान धान काट्नमै व्यस्त थिए, राति अचानक भएको वर्षाले बालीमा क्षति पु¥यायो ।’’

दशै जिल्लाकाे क्षतिकाे एकिन विवरण आउन भने समय लाग्ने अधिकारीले  बताएका छन्  ।