सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस दाङको लमहीमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । चालक दलका चारजना सहित ३९ जना सवार बस दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।
कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस गएराति लमही नगरपालिका–३ मा साढे दुई बजे दुर्घटना भएको थियो ।
“ काठमाडौं जाँदै गरेको बसकाे पट्टा भाँचिएर दुर्घटना भएको हो,” जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले भने ।
कार्यविधि संवाददाता । ५ मंसिर २०७८, आईतवार ०८:१५ बजे