गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको इस्मा गाउँपालिका– ५ निवासी ४० वर्षीया तारा सार्कीको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको छ ।
तारा अपरान्ह बारीमा मकै खन्दै गरेको बेला चट्याङले हानेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले बताए ।
कार्यविधि संवाददाता । २३ जेष्ठ २०७९, सोमबार २१:४१ बजे