भारतकाे नयाँ दिल्लीमा नयाँ तापक्रम ५२.३ डिग्री ,अहिलेसम्मकै उच्च

भारतको नयाँ दिल्लीस्थित मौसम विभागले अहिलेसम्मकै नयाँ तापक्रम मापन गरेको छ।

भारतीय समाचार संस्था  प्रेस ट्रस्ट अफ  इंडिया (पीटीआई)  अनुसार दिल्लीको मुन्गेशपुरमा बुधबार दिउँसो साढे २ बजेको तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको हो।

यसरी तापक्रम बढेसँगै बिजुलीको माग  ८ हजार ३०२ मेगावाट पुगेको हो।

भारतका अन्य ठाउँमा पनि उच्च तापक्रम मापन भएका छन्।

राजस्थानको फलोडीमा ५१ डिग्री मापन भएको थियो। हरियानाको सिर्सामा पनि ५०.३ डिग्री सेल्सियस मापत भएको हो।

पन्जाब, हरियाना, चण्डीगढ, दिल्ली, उत्तरप्रदेश, राजस्थान लगायत ठाउँमा तातो हावा चल्ने पनि विभागले जनाएको छ।