सहकारी शिक्षा शिविर सम्पन्न

सुर्खेत । वीरेन्द्रनगरस्थित जनहितकारी वचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा आज आईतबार सहकारी शिक्षा शिविर सम्पन्न गरेको छ ।संस्थाको वार्षिक कार्ययोजना अन्तर्गत संस्थामा नव आवद्ध शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी आधारभुत शिक्षा प्रदान गर्ने उद्देश्यकासाथ कार्यक्रम सञ्चालन भएको हो ।
संस्थाका सञ्चालक एवम् शिक्षा उपसमिति संयोजक श्री हरिहर बस्नेतको सभापतित्वमा सम्पन्न उक्त तालिम कार्यक्रममा सञ्चालक तथा सेवा केन्द्र सुपरिवेक्षक श्री कृष्ण प्रसाद गौतमको प्रमुख आतिथ्यता, ऋण उपसमिति सदस्य श्री भक्त बहादुर थापा, शिक्षा उपसमिति सदस्य श्री नरेन्द्रराज पुरी, प्रबन्धक श्री हिमलाल गौतम लगाएतको आतिथ्यता रहेको थियो ।
प्रमुख प्रशिक्षक श्री मित्रेन्द्रनाथ योगी तथा सह प्रशिक्षक श्री प्रेम आचार्य रहनुभएको कार्यक्रममा सहकारी मूल्य, मान्यता, सिद्धान्त संस्थाको गतिविधि, सहकारी संस्थामा आवद्ध हुनुको विभिन्न अवसर तथा फाईदाहरु, आर्थिक, सामाजिक तथा आर्थिक उन्नतीका उपाय एवंम संस्थाको बचत तथा क्रृण निति का बारेमा प्रष्ट पार्नुभएको थियो भने सहकारी को प्लेटफर्ममा रहेर आफ्ना ब्यवशायीक ब्यक्तित्व विकासका अवसरहरुका साथै समय सान्दर्भिक विषय बस्तुका बारेमा रमाईलो प्रस्तुतिकरण गरेका थिए ।
शिक्षा उपसमिती सदस्य श्री नरेन्द्र राज पुरीले ले संचालन गर्नुभएको उक्त अन्तरक्रियात्मक रुपमा सञ्चालित शिक्षा शिविर कार्यक्रममा ८२ जना नव शेयर सदस्य र कर्मचारीहरु गरी ९१ जनाको सक्रिय सहभागितामा सम्पन्न भएको संस्थाका सूचना अधिकारी भोज प्रसाद आचार्यले जानकारी दिनुभयो ।