वीरेन्द्रनगरका स्वतन्त्र उम्मेदवार शर्माले बचाए सुत्केरीलाई

शर्मा  ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुर्खेत  वीरेन्द्रनगर नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार हुन् । चुनावी  प्रचारप्रसारमा  खटिएका  स्वतन्त्र उम्मेदवार शर्मा खबर पाएकाे  १५  मिनेटमा अस्पतालमा पुगेका  थिए ।

अछामबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरेकी सुत्केरी आमालाई वीरेन्द्रनगर नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार भीम प्रसाद शर्माले रक्तदान  गरी बचाएका छन् ।

शुक्रबार रामारोशन गाउँपालिका वडा नं. ४ बाटुलासैन छडेना निवासी ३५ वर्षीय सुत्केरी अम्बकला बि.कको हेलिकप्टर मार्फत उद्धार  गरिएको थियाे  । अत्याधिक रक्तश्राव भई जटिल अवस्थामा पुगेकी ३५ बर्षीया अम्मकलाको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको अछामका युवा उमेश न्याैपानेले बताएका छन् ।

शर्मा  ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुर्खेत  वीरेन्द्रनगर नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार हुन् । चुनावी  प्रचारप्रसारमा  खटिएका  स्वतन्त्र उम्मेदवार शर्मा खबर पाएकाे  १५  मिनेटमा अस्पतालमा पुगेका  थिए ।
अम्मकला सुत्केरी भएपछि अत्याधिक रक्तस्राव भई रामारोशन गाउँपालिका वडा नं. ४ बाटुलासैन स्वास्थ्य चौकी मा उपचार सम्भव नभए पछि उनलाई थप उपचारको लागि सुर्खेत प्रादेशिक अस्पतालमा हेलिकप्टर मार्फत ल्याइएकाे थियाे  ।

उपचार गरिरहँदा  पाँच प्वाइन्ट बी पाेजेटिभ रगतकाेको आवश्यकता परेको थियो । रक्तदान  स्वतन्त्र उम्मेदवार शर्माले १ प्वाइन्ट दिएका थिए ।  त्यस्तै  मोहन थापा, उमेश न्याैपाने र   विरेन्द्र बटालाले रक्तदान गरी सुत्केरी आमा र बच्चाकाे ज्यान बचेकाे र दुबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे प्रदेश अस्पताल सुर्खेतबाट बुझिएकाे छ ।