नेपाली कांग्रेस सभापतिहरु आजबाट रिले अनसन बस्दै

काठमाडौं : नेपाली   कांग्रेस  जिल्ला सभापतिहरुले आज  (वुधबार ) बाट केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बस्न  थालेका छन्।

कांग्रेस क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै उनीहरुले आजबाट रिले अनसन थालेका  हुन्।

तीन बुँदे माग राख्दै राम चन्द्र पक्षका  जिल्ला सभापतिहरुले मंगलवार सानेपामा धर्ना दिएका थिए। धर्नाबाट २४ घण्टे अल्टिमेटम दिएपनि माग सुनुवाई नभएपछि आजबाट रिले अनसन थाल्न लागेको सुर्खेतका  जिल्ला सभापति कमल रेग्मीले  जानकारी दिएका छन् ।

प्रत्येक दिन ३ जिल्लाका सभापतिहरु अनसनमा बस्ने तयारी गरेको उनले बताए।