एक वृद्वा दम्पती रूखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।
ओखलढुंगाको मोलुङ गाउँपालिका– २ लामीडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका दाहाल घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा फेला परेकाे प्रहरीले बताएकाे छ।
जिल्लाका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार घरबाट करिब दुई सय मिटर पूर्वमा फणिन्द्रबहादुर सार्कीको बारीमा खनिउको रूखमा श्रीमान् र करिब ४० मिटर पर सिरिसको रूखमा श्रीमती झुन्डिएको अवस्थामा फेला परेको हुन् ।
घटना शंकास्पद रहेकोले अनुसन्धान भइरहेको निरीक्षक दासले बताए।
वृद्ध दाहालदम्पतीका छोराछोरी काठमाडौंमा रहेकाले परिवारका सदस्य आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
कार्यविधि संवाददाता । २२ फाल्गुन २०७९, सोमबार १९:०६ बजे