सुर्खेत कोपिला भ्याली स्कूल र ब्लिंकनाउ फाउन्डेसनको संस्थापक म्यागी डोयनले बिटुविन द माउन्टेन एण्ड द स्काई नामक पुस्तक लेखेकी छीन् ।
बालबालिकाकाे जीवनमा आवश्यक आमाकाे माया , शिक्षा, स्वास्थ्य र पौष्टिक जस्ता खानेकुराबाट प्रभावित भएर बिटुविन द माउन्टेन एण्ड द स्काई डोयनले याे पुस्तक लेखेकी हुन् ।
अमेरिकाको न्युजर्सीकी स्थायी बासिन्दा उनले सुर्खेतमा सन् २०१० मा कोपिला भ्याली विद्यालय स्थापना गरेकी थिइन् ।बिहीबार साँझ विद्यालय परिसर भित्रै एक कार्यक्रमबीच उक्त पुस्तक विमाेचन गरिएकाे हाे ।
समाज सेवा गर्दै आएकी अमेरिकी युवती सन् २०१५ मा सिएनएन हिरो विजेता बनेकी डाेयन एक लाख अमेरिकी डलर बराबरकाे अवार्ड जित्न सफल भएकी थिइन् ।
याे पुस्तकले दुर्गम कर्णाली बस्तीका गरिब तथा असाहय बालबालिकाकाे अध्ययनको व्यतिगत कथा बताउँछ ।
कार्यविधि संवाददाता । १४ बैशाख २०८०, बिहीबार २०:२६ बजे