सम्पादकीय :हामीले “नेपाल रहेप ,हामी रहन्छाैँ र हाम्राे  कुर्सि रहन्छ” भन्ने कुरा कहिल्ये बुझ्ने

नेपालीहरु आत्मासम्मान र स्वाभिमानका साथ बाँच्न चाहन्छन् । नेपाली आफ्नाे देशमा विदेशी हस्तक्षेप भएकाे कुरा मन पराउँदैन्न । हिजाेआज हाम्राे देशमा विदेशी हस्तक्षेप बढेकाे नेपाली जनतालाई  महसुस हुन थालेकाे छ । राजनीतिक दलका नेताहरुकाे चरित्र तथा कमजाेर राजनीतिक अवस्थाकाे प्रभाव जनतामा पर्न थालेकाे छ । हरेक नेपालीले हामी बलभद्र कुँवर भक्ति थापा अमर सिंह राजेन्द्रलक्ष्मी जस्ता वीर-वीरङ्गनाकाे सन्तान हाैँ भन्न  कुरा भुल्न  थालेका छन् । राष्ट्रियतालाई लात मारेर सधैँभरी पैसा र पदकाे पछाडि मात्र दाैडिरहने देशका राष्ट्रभक्त्ति नेता र राष्ट्रसेवक कर्मचारीले याे कुरा  बुझ्नु पर्छ , “नेपाल रहेप ,हामी रहन्छाैँ र हाम्राे  कुर्सि रहन्छ”  त्यसैले राष्ट्रहितका लागि नेताले जनतालाई एकजुट बनाएर राष्ट्रियताकाे भावना जगाउने काम गर्नुपर्छ । देशकाे संविधान अर्थात कानुनले नागरिकलाई विशेष अधिकार र अवसरहरु प्रदान गर्दा कुनै पनि जातजाति भाषिक तथा धार्मिक सम्प्रदाय लैङ्गिक स्थिति आदी कसैमा पनि भेदभाव गर्नुहुँदैन । नागरिकले पनि देशकाे कानुन पालना गर्ने ,  कानुन विपरितका गतिविधिमा सहभागि नहुने,  विकास निर्माणमा जनसहभागिता जनाउने, सामाजिक सहयाेग सद्भाव मेलमिलाप र एकताकाे कायम गर्ने कुरामा देशलाई सहयाेग गर्नुपर्छ । हामी नेपाली इज्जतका साथ बाँच्नुपर्छ ।