२ लाख ५० हजार घुससहित नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक सहित तीन जना पक्राउ परेका छन् ।
नापी सर्वेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे कार्यालयले जनाएको छ ।
अख्तियारले तीनैजनालाई मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ गरेकाे हाे ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
कार्यविधि संवाददाता । १० माघ २०८०, बुधबार ०७:२८ बजे