वीरेन्द्रनगरका लेखा अधिकृतकाे हृदयघातबाट मृत्यु

सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाकाे लामो समयदेखी कार्यरत  लेखा अधिकृत हरी बहादुर क्षेत्रीकाे मंगलबार हृदयघातको कारण मृत्यु भएको छ।

बुलवुले उद्दानमा कार्यक्रम सञ्चालन सकेर हिड्दै गाडीसम्म आउदै गर्दा एक्कासी छाती दुखेपछि गाडीमा हालेर अस्पताल लिए पश्चात  हृदयघातबाट मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतले जनाएकाे छ ।