काठमाडौं । नयाँ भेरियन्ट ओमिक्रोनबाट मलेसियामा एकैदिन कोभिड-१९ बाट ४७ जनाको मृत्यु भएकाे छ । ओमिक्रोन विश्वव्यापी रूपमा फैलिएसँगै मलेसियामा एकैदिन कोरोनाबाट ४७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले गए राति अपडेट गरेको पछिल्लो तथ्यांकले देखाएको छ। भने एकैदिन कोरोना संक्रमण हुने ५ हजार ८ सय ६ जना रहेका छन् ।
मलेसियामा अहिलेसम्म मृत्यु हुनेको संख्या ३० हजार ५२१ पुगेको छ । मलेसियामा मृत्यु भएको मध्य तेरेन्गानुमा प्रति १० लाख मानिसमा ४५ जनाको मृत्यु भएको थियो। यसपछि केलान्तान प्रति १० लाख मानिसमा २९ र पेराक प्रति १० लाख मानिसमा २४ जनाको मृत्यु भएको थियो जनाइएको छ ।
काेभिड नाआे वेबसाइटका अनुसार मृत्यु भएका मध्ये ६२.६ प्रतिशतले खोप नलगाएको देखाएको छ भने २२.५ प्रतिशतले आंशिक रूपमा खोप लगाइएको र १४.९ प्रतिशतले पूर्ण रूपमा खोप लगाएका छन् । मृत्यु हुनेमा महिला भन्दा पुरुस धेरै रहेका छन् साथै ८६.९ प्रतिशत मलेसियाली नागरिक रहेको जनाएको छ ।
कार्यविधि संवाददाता । १७ मंसिर २०७८, शुक्रबार १७:५२ बजे